२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कानून निर्माणमा ध्यान दिन पार्टीका सांसदहरुलाई जसपाको निर्देशन


169
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

मंगलबार अपरान्ह सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसदको चालु अधिवेशनमा कानून निर्माणको काममा केन्द्र्र्रित हुनेगरी संसदका आफ्नो सशक्त उपस्थिति देखाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो ।

कानून निर्माणको काममा पार्टीका सांसदहरुलाई केन्द्रित हुन बैठकले निर्देश गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिनुभयो । बैठकमा सांसदहरुलाई संसदले जारी गरेको क्यालेण्डरअनुसार उपस्थित हुन पनि सचेत गराएको थियो ।

बैठकमा सांसदहरु चुरे क्षेत्रको संरक्षणबारे चासो र चिन्ता पनि व्यक्त गरेका थिए । त्यसैगरी उनीहरुले सरकारले हालै ल्याएको वन ऐनका सम्बन्धमा पनि गम्भिर चासो लिएको पनि पार्टीका प्रमुख सचेतक यादवले बताउनुभयो ।