
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताउनुभएको हो ।
अध्यक्ष लिङ्देनले देशले अवलम्वन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताउनुभयो । उहाँले अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र भएको टिप्पणी समेत गर्नुभयो । उहाँले कसैलाई निषेध गरेर मुलुक अगाडी बढ्न सक्दैन भन्नेकुरा प्रमाणित भइसकेको भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष लिङ्देनले विभिन्न भ्रष्टाचारका काण्डहरु आएपनि त्यसको निष्पक्ष रुपमा छानबिन हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्