१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


तराईलाई मरुभूमिकरण हुनबाट रोक्न यथोचित प्रयास होस् : सांसद अधिकारी


130
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले तराईलाई मरुभूमिकरण हुनबाट रोक्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अधिकारीले तराईमा जल सतह४०० फिटभन्दा तल गइसकेको भन्दै यसले तराईलाई मरुभूमि बनाउँदै लगेको बताउनुभयो । उहाँले तराई/मधेसलाई मरुभूमीकरण हुनबाट जोगाउन सरकारले यथोचित प्रयास गर्नुपर्ने बताउनुभयो ।

सांसद अधिकारीले चुरेमा तस्करहरुले गिट्टी, बालुवा उत्खनन् समेत गरिरहेका भन्दै चुरे विनाश हुँदै गइरहेको बताउनुभयो । चुरे बचाउन सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

सांसद अधिकारीले सरकारले सन्तुलित रुपमा बजेट नदिएको भन्दै त्यसले सन्तुलित विकासमा समेत असर परेको बताउनुभयो । उहाँले सरकारले बजेटमा मधेसलाई अन्याय गरेको पनि बताउनुभयो ।