१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका डिफ्युजन नोटिस जारी


0
Shares

काठमाडौं । ६० किलो सुन प्रकरणमा फरार रहेकी अमला रोकाविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनी विरुद्ध डिफ्युजन नोटिस जारी गर्न इन्टरपोललाई आग्रह गरेपछि डिफ्युजन नोटिस जारी गरिएको हो ।

काठमाडौंको ठमेलस्थित भियना होटल सञ्चालक समेत रहेकी अमलाका श्रीमान् तिब्बतीय मूलका बेल्जियन नागरिक दावा छिरिङ सीआइबीको हिरासतमा छन् ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको ब्रेक शु मा लुकाएर ल्याइएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । दाबा छिरिङलाई विभागकै टोलीले पक्राउ गरेपछि उनकी श्रीमती अमला फरार भएकी थिइन् ।

उनको माओवादी नेताहरु नन्दबहादुर पुन र वर्षमान पुनसँग पनि सम्बन्ध रहेको खुलासा उतिबेलै भएको थियो । माओवादी नेताहरुमाथि भने अनुसन्धान गरिएको छैन ।