१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानमा सम्पन्न आमनिर्वाचनको मतगणना जारी


442
Shares

एजेन्सी । पाकिस्तानमा बिहीबार सम्पन्न भएको आम निर्वाचनको मत गणना भइरहेको छ ।

मतगणनाको अहिलेसम्मको अवस्थामा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु अगाडि छन् । पाकिस्तानका सञ्चारमाध्यमका अनुसार १२० सिटमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरु अगाडि छन् ।

पीटीआईका अध्यक्ष गौहर रजाले भने आफूहरु १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गर्दै जेलमा रहेका इमरान खान देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

पाकिस्तानको नेशनल एसेम्ब्लीमा कुल ३३६ सिटमध्ये २६५ सिटमा बिहीबार निर्वाचन भएको थियो । बाँकी सिट आरक्षित छन् । सरकार बनाउनका लागि १६९ सिट जित्नुपर्दछ ।

वर्तमान सरकारले पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा १४ वर्ष जेल सुनाउँदै उनको पार्टी पीटीआईलाई निर्वाचन लड्न समेत प्रतिबन्ध लगाएको थियो ।