
एजेन्सी । भारतले २०२१ को तुलनामा २०२२ मा साइबर अपराधमा २४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएको छ । २०२० को तुलनामा ३१ प्रतिशतले बढेको तथ्यांकले देखाएको हो ।
सन् २०२२ मा, दक्षिणी राज्य तेलंगानाबाट सबैभन्दा बढी १५ हजार २९७ साइबर अपराधहरू भएका छन् । दक्षिणी राज्य कर्नाटकमा १२ हजार ५५६ र उत्तर प्रदेशमा १० हजार ११७ अपराधहरू भएको तथ्यांक छ ।
गृह राज्यमन्त्री अजयकुमार मिश्रले संसदमा संघीय सरकारले मुलुकमा हुने सबै प्रकारका साइबर अपराधलाई समन्वित र वृहत रूपमा व्यवस्थापन गर्न विभिन्न पहल गरेको बताउनु भयो ।
गृह राज्यमन्त्री मिश्रले साइबर अपराध नियन्त्रणका लागि संघीय सरकारले हालसम्म ३ लाख २० हजारभन्दा बढी सिमकार्ड र ४९ हजार इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) ब्लक गरेको बताउनु भयो ।
संघीय सरकारले पनि साइबर अपराधबारे सचेतना फैलाउन पहल गरेको मन्त्री मिश्रले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्