
काठमाडौं । नेपालले आज कीर्तिपुर मैदानमा क्यानडाविरुद्ध एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दैछ ।
बिहीबार र शनिबार भएका दुई खेलमा विजयी भएर एक खेल अगाडि नै च्याम्पियन भएको नेपालले सिरिजको अन्तिम खेल आज खेल्न लागेको हो ।
सिरिजको अन्तिम खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा चार विकेटले विजयी भएको हो ।
तीन खेलको सिरिजमा दुई खेल जितिसकेको नेपाल एक खेल अगाडि नै च्याम्पियन बनेको हो ।
प्रतिक्रिया दिनुहोस्