१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


त्रिविको उपकुलपतिमा योग्यलाई छोडेर सर्टलिष्ट गरियो : अध्यक्ष ओली


481
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले योग्य जतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरुलाई त्रिविको उपकुलपति बनाउन लागेको जिकिर गर्नुभएको हो ।

बुधबार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन् भनेर भन्ने प्रधानमन्त्री दाहालले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरुलाई त्रिवी उपकुलपतिमा सर्टिङ गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले मेरिटोक्रेसीको नाममा त्रिवि उपकुलपति छनौटको विषयलाई प्रधानमन्त्रीले नाटकको रुपमा मञ्चन गर्ने काम गरेको समेत बताउनुभयो ।

अध्यक्ष ओलीले गैर आवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसले पटक पटक लफडाको विषय बनाएर फुटाउने काम गरेको पनि दोहोर्‍याउनुभयो ।