९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


ओखलढुंगामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ५ जना घाइते


884
Shares

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को ओखरबोटस्थित भित्री सडकमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मोरङको पथरीका २६ वर्षीय गणेश रसाईलीको घटनास्थलमै मृत्यु भएको हो ।

आयु मोलुङ हाइड्रोपावर कम्पनीका कर्मचारी लिएर प्राप्चाबाट खोलाखर्क जाँदै गरेको जीप दुर्घटनामा परि अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दुर्घटनामा परी तेह्रथुमका ३२ वर्षीय यज्ञप्रसाद निरौला, भक्तपुरका ३८ वर्षीय मित्रलाल भुर्तेल, सिन्धुलीका ४५ वर्षीय सन्देश कार्की, मोलुङ गाउँपालिका ५ बस्ने ४० वर्षीय कुमार कार्की र सुनसरीका ३२ वर्षीय अर्जुन दाहाल घाइते भएका हुन् ।

घाइतेमध्ये मित्रलाल भुर्तेल, सन्देश कार्की र कुमार कार्कीलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बा २० च ४८६२ नम्बरकोे स्कार्पियो घुम्ति काट्ने क्रममा अनियन्त्रित भई सडकबाट १०० फिट तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।