
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार पुनः बस्ने भएको छ ।
बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव प्रस्तुत गर्नुभएको पार्टीका नेता मिनबहादुर विश्वकर्माले बताउनुभयो ।
उहाँले बिहीबारको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुनुभएका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रको अवस्थामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराउनुभएको पनि नेता विश्वकर्माले बताउनुभयो ।
बैठक शुक्रबार बिहान ९ बजेबाट पुनः बस्नेत ।
प्रतिक्रिया दिनुहोस्