२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दिल्लीको एक रसायनीक कारखानामा आगलागी, ११ जनाको मृत्यु


637
Shares

एजेन्सी । भारतको दिल्लीमा एउटा रसायनीक गोदाममा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

दिल्लीको अलीपुरमा रहेको कारखानामा भीषण आगलागी हुँदा कारखानाभित्र रहेका ११ जना मजदुरहरुको जलेर मृत्यु हुनुका साथै ४ जना गम्भिर घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

२२ वटा दमकलको सहयताले ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । अचानक आगो लागेका कारण कारखानामा काम गरिरहेका मजदुरहरु बाहिर निस्कन नसक्दा यति धेरै मानवीय क्षति भएको बताइएको छ ।

आगलागी भएको दृश्य टाढाटाढाबाट पनि देखिएको स्थानीयले बताएका छन् । अरु ५ वटा पसल र एउटा गाडी समेत आगलागीको चपेटामा परेको छ । आगलागीको घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।