६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एसीसी वुमन्स प्रिमियर कपमा नेपाल र मलेसिया भिड्दै


806
Shares

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे बायोमास ओभलमा शुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एशिया कप टि–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

एशिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।