
काठमाडौं । निर्वाचन आयोगले ४१ राजनीतिक दलको खारेजीको प्रक्रिया सुरु गरेको जनाएको छ ।
आयोगले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्न लागेको हो ।
नियम उल्लंघन गरेका कारण तोकिएको जरिवानासमेत नबुझाएपछि दलहरु खारेज गर्न लागेको आयोगले जनाएको छ ।
यी ४१ दललाई जरिवाना बुझाउन अन्तिम एक पटक मौका दिइने बताइएको छ । मौका दिँदा पनि जरिवाना नबुझाए दलको खारेजी प्रक्रिया अगाडि बढाउने आयोगले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्