
काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको एउटा वडा नम्बर ५ले बालबालिका जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेमा बालबालिकाका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
विदुर नगरपालिकाको वडा नम्बर ५ ले बालबालिका जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउन प्रोत्साहन गर्न यस्तो योजना ल्याएको जनाएको छ । साथै बालक वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्य पनि रहेको पनि वडाध्यक्ष लीलानाथ न्यौपानेले बताउनुभयो ।
अहिले जम्मा गरिने रकम बालबालिका वयस्क भएपछि मात्रै चलाउन पाउने पनि उहाँले बताउनुभयो । यस कार्यक्रम बापतको रकम वडा कार्यायलले आन्तरिक स्रोतबाट जुटाउने दाबी समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्