१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


455
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिँदै हुनुुहुन्छ ।

गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले सरकार छाड्दै विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनुपर्ने भएको हो । यसका लागि आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको छ ।

जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

मधेशमा १ सय ७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ । जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले यादव सहज अवस्थामा हुनुहुन्छ ।