
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले लोकतन्त्रले सामाजिक न्याय, सामाजिक सद्भाव र समृद्धिसहित वृहत् राष्ट्रिय एकतालाई अझै मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को शुभकामना दिदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि अनेकौँ सङ्घर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गर्नुभएकोछ । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित गरेको उहाँको भनाइ छ ।
राष्ट्रपतिले पौडेलले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका आन्दोलनमा योगदानको स्मरण गर्दे दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना पनि गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्