१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाममा पनि विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइयो


78
Shares

इलाम । इलाममा पनि विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवस आयोजक समिति इलामको आयोजनामा सदरमुकामको ठूलो टुँडिखेलबाट प्रभातफेरी सहित सदरमुकामको चोक बजारमा कोणसभाको आयोजना गरेर मनाइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख जय प्रकाश राई, इलाम नगर प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुरक्षा निकायका प्रमुखसहित विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यस्तै दिवसकै अवसर पारेर इलाम नगरपालिकाले इलाम अस्पतालमा रहेका बिरामीलाई पौष्टिक आहारा वितरण गरेको छ ।

अस्पतालमा उपचाररत बिरामीलाई भेटेर नगरपालिका प्रमुख थापासहित जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्तिथिमा बिरामीलाई उक्त सामाग्री वितरण गरिएको हो ।