
काठमाडौं । म्याराथन धावक गोपीचन्द्र पार्कीले टिसिएस लण्डन म्याराथनमा सहभागिता जनाउनु हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकुद परिषद्ले यसबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा गोपीले लण्डन म्याराथनमा राम्रो नतिजाकालागि प्रयास गर्ने बताउनुभयो । उहाँले लण्डन म्याराथन २०८१ वैशाख ९ अथवा अप्रील २१ मा हुने छ । लण्डन म्याराथनका लागि नेपाल युके रनले व्यवस्थान गरेको छ ।
युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगञ्ज म्याराथन र हाफ म्याराथनका विजेतालाई पनि लण्डन म्याराथनमा सहभागिता गराउन प्रयास गरिने बताउनु भयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले नेपालगञ्ज, पोखरा र काठमाडौं म्याराथनलाई राखेपले महत्वका साथ हरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्