१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दिगो विकास सम्बन्धि ११ औं एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित


117
Shares

काठमाडौं । दिगो विकाससम्बन्धी ११ औं एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ ।

बैङ्ककस्थित संयुक्त राष्ट्रसंघ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा आजदेखि सुरु भएको भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

जापानले उपाध्यक्ष श्रेष्ठलाई मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेको थियो भने बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधिले समर्थन गरेका थिए । उपाध्यक्ष श्रेष्ठले मञ्चको अध्यक्ष निर्वाचित भएपश्चात् कार्यक्रममा उपस्थित सबै सदस्य राष्ट्रका प्रतिनिधिलाई धन्यवाद दिनुभएको थियो ।

मञ्चमा अन्तर्राष्ट्रिय साझा एजेण्डाका रुपमा रहेको दिगो विकास लक्ष्यमा यस क्षेत्रका राष्ट्रले गरेको प्रगतिको समीक्षा गरिनुका साथै आगामी दिनमा लिनुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल हुँने आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

छलफलमा भएको सहमतिका आधारमा एसिया प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्य कार्यान्वनमा प्राप्त भएको सफलता र चुनौतीका सन्दर्भमा सन् २०२४ को जुलाईमा हुने संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय राजनीतिक मञ्चमा प्रतिवेदन पेस हुनेछ ।