२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गठबन्धन सरकारप्रति पार्टीमा असन्तुष्टि छ : झलनाथ खनाल


1.001k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि रहेको बताउनुभएको छ ।

बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताउनुभएको हो ।

नेता खनालले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गर्नुभयो । उहाँले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताउनुभयो । उहाँले देशले नयाँ कोर्षको माग गरिरहेको बताउनुभयो । उहाँले देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गर्नुभयो ।

नेता खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताउनुभयो । उद्योगबाट आउने राजश्व देशमा वि.सं. १९९५ को भन्दा कम रहेको बताउनुभयो । सो बेलामा नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भएपनि अहिले ५ प्रतिशत भन्दा कम रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताउनुभयो ।