
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताएका छन् ।
बुधबार नामिबियासँगको २ विकेटको हारपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे कप्तान रोहितले यस्तो बताउनुभएको हो ।
कप्तान रोहितले आफूले सोचेको र जिम्मेवारी लिनुपर्ने हिसाबले खेल्न नसकेको स्वीकार गर्दै आफ्नो जिम्मेवारी लिने बताए । उनले दीपेन्द्र सिंह ऐरी र आफूले सोचेको जस्तो खेल्न नसक्दा आफ्नो पक्षबाट खेल उम्किएको बताए । उनले आगामी खेलाका लागि सबै जना जित्नैपर्ने मनोबल लिएर बसेको बताए ।
नेपाल आइसिसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग नै ४ विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँगै २ विकेटको हार व्यहोर्न बाध्य भयो । नेपालले त्रिदेशीय सिरिजअन्तर्गतको आफ्नो अन्तिम खेल कीर्तिपुरमा आइतबार खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्