
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।
बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
यस्तै आज बस्ने बैठकमा समसामयिक राजनीति र गठबन्धनको समीक्षा हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्