
काठमाडौं । एमाले निकट अनेरास्ववियुले आज देशभरका क्याम्पस अगाडि थाल बजाएर खबरदारी गरेको छ ।
बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै देशैभरका क्याम्पस अगाडी प्रदर्शन गरेको हो ।
ललितपुरस्थित पाटन क्याम्पस अगाडि गरिएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा पनि माग गरिएको थियो ।
छानबिन प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी करार गरिए पनि राजीनामा नदिएको भन्दै नेकपा एमालेले समेत विरोध गर्दै आएको छ ।
अनेरास्ववियूले मन्त्री ज्वालालाई कारवाही हुनु पर्ने माग राख्दै प्रदर्शन गरेको हो । सरकारले मन्त्री ज्वालालाई जोगाउन खोजेको भन्दै खबरदारी गरिएको अनेरास्ववियूले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्