९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेकपा एससँग पार्टी एकता नगर्ने एमाले अध्यक्ष ओलीको अडान


2.535k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता नहुने अडान दोहो¥याउनु भएको छ ।

एमाले मूख्यालयमा आज विभिन्न पार्टी परित्याग गरी आएका नेता–कार्यकर्तालाई स्वागत गर्ने क्रममा अध्यक्ष ओलीले माधव नेपालतर्फ इंगित गर्दै दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चाताप नगर्ने र पार्टी फोर्नेहरुलाई एमालेमा प्रवेश नगराउने बताउनुभयो । विगतका गतिविधिप्रति गल्ती महसुस गर्नेलाई प्रवेश खुला रहने उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रिय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायत एमालेमा प्रवेश गरेका थिए ।