९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


एउटा व्यक्तिका कारण सरकार अलोकतान्त्रिक भयो : अध्यक्ष ओली


1.17k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा केन्द्रिय कमिटीको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताउनुभयो । उहाँले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले एउटा व्यक्तिको स्वार्थमा सिंगो देश नै अलोकतान्त्रिक भएको बताउनुभयो ।