२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रले चैत्र १ गतेदेखि तराई-मधेश जागरण अभियान चलाउने


130
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले चैत्र १ गतेदेखि तराई-मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

बिहबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो । उहाँले बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताउनुभयो ।

प्रवक्ता सापकोटाले धेरै राम्रो काम गर्ने र काम नगर्नेहरुको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गर्ने बताउनुभयो । उहाँले चैत्रपछि तीन वटा अभियान चलाउने बताउनुभयो ।

प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली कांग्रेसको भुमिकालाई महत्वपूर्ण रुपमा लिएको बताउनुभयो ।