
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपमा समृद्ध र संगठनात्मक रुपमा सवल बनेको बताउनुभएको छ ।
बिहीबार पार्टीको महासमिति बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपले समृद्ध र संगठनात्मक रुपले सवल भएको सन्देश प्रवाह भएको बताउनुभएको हो ।
सभापति देउवाले पार्टी अनुशासित, ऊर्जावान र एकतावद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताउनुभयो । उहाँले महासमिति बैठकले नेपाल र नेपाली कांग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महासमिति बैठकपछि नेपाली कांग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको बताउनुभयो ।
सभापति देउवाले कांग्रेस सत्तारुढ गठबन्धनको प्रमुख घटक भएको भन्दै मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई सहयोग गर्नु मुख्य दायित्व हुने बताउनुभयो ।
सभापति देउवाले महासमितिमा प्राप्त सुझावहरुलाई आगामी केन्द्रिय समिति बैठकमा छलफल गरी प्रतिवेदनहरुलाई परिमार्जन गरिने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्