
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले यस्तो माग गर्नुभएको हो ।
सांसद शर्माले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले समितिको बैठक सञ्चालन सम्बन्धी क्यालेण्डर सांसदहरुलाई दिनैपर्ने बताउनुभयो । उहाँले नेपाली नागरिकको पक्षमा कानून बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरेर बैठक बोलाउन माग गर्नुभयो ।
सांसद शर्माले सांसदहरु समितिको बैठक कति बेला बस्छ भनेर कुरेर बस्न नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्