२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी सांसदको प्रश्न – प्रतिपक्ष दलहरुको धर्म सरकारको विरोध गर्नु मात्रै हो ?


182
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले प्रतिपक्ष दलहरुको धर्म सरकारको विरोध मात्रै गर्नु हो र ? भनि प्रश्न गर्नुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पार्कीले सरकारले सिंगो मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजाना खोज्दा पनि प्रतिपक्षहरुले बिरोध गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

सांसद पार्कीले सरकारले सत्ता र शक्तिको वरिपरी घुम्ने दलाललाई पनि पाखा लगाएको दाबी गर्नुभयो । उहाँले भ्रष्टहरुलाई विदेश भाग्न बाध्य बनाउने काम पनि गरिरहेको भन्दै सरकारको बचाऊ गर्नुभयो । सांसद पार्कीले राजनीतिक भ्रष्टिकरणलाई पनि सरकारले पाखा लगाउने काम गरेको बताउनुभयो ।

सांसद पार्कीले मुलुकलाई सुशासन, समृद्धिको बाटोमा अघि बढाउने काम गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार समेत व्यक्त गर्नुभयो ।