१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्छ : सांसद देवकोटा


195
Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन जस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले पुन जस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताउनुभयो ।

सांसद देवकोटाले पुनले चलाउनुभएको अनुसन्धानको अभियानलाई तीन वटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताउनुभयो । उहाँले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि भन्दै पुस्तक बिक्रीको अभियान चलाउँदा उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने बताउनुभयो ।

सांसद देवकोटाले सो कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कारक पुनसँग कुनै सम्झौता भएको भए त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।

सांसद देवकोटाले पुनजस्ता सरल, योग्य, क्षमतावान र अनुभव भएकाहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।