६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


दुधको भुक्तानी दिन सांसद सिंहको माग


169
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले किसानहरुलाई दुधको भुक्तानी दिन सरकारसँग आग्रह गर्नुभएको छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले किसानहरुले दुधको भुक्तानी नपाएर आन्दोलिन हुनुपरेको भन्दै दुधको भुक्तानी गर्न सरकारसँग माग गर्नुभएको हो ।

सांसद सिंहले सांसदहरुलाई निर्वाचन क्षेत्र विकासको लागि दिने भनिएको पाँच करोड रुपैयाँ किसानलाई राहत दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीहरुले पार्टीका नेताहरुको छत्रछायाँमा जनताको अरबौँ रुपैयाँ खाएका पनि बताउनुभयो ।