१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्रीद्वारा नेपालकै लामो कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन


442
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो ।

शनिबार उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले तराईमा सिंचाइ बिस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको भुगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिएको पनि बताउनु भयो निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पु¥याएको बताउँदै उहाँले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ ।