
सिन्धुली । २ महिनासम्म सुख्खा पहिरो खसेर लगातार जाममा परेको सुनकोशी-मरिण डाइभर्सनको टिविएम सञ्चालन हुन थालेको छ ।
लामो समयसम्म जाममा परेको टनेल वोरिङ मेसिन टिविएमले पछिल्लो समयमा दैनिक १० देखि २० मिटर सम्म सुरुङ खन्ने काम गरेको सुनकोशी मरिण डाईभर्सन बहुउदेश्यीय आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिनुभयो ।
सुनकोशी-मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कुल १३ दशमलव ५ डायमिटरको सुरुङमार्गको ३ किलोमिटर सुरुङ मध्ये करिव १० दशमलव ६ किलोमिटर सुरुङ निर्माण भैसकेको छ । बाँकी २ दशमलव ७ किलोमिटर सुरुङ निर्माणका लागि टनेल वोरिङ मेसिन टिविएमले सुस्त गतिमा काम अघि बढाएको बताईएको छ ।
सुरुङभित्र सुख्खा पहिरोले पुरिएको टीबीएम मेसिनलाई वाईपास बनाएर सुरक्षित निकालेपछि काम सुरु भएको सुनकोसी-मरिण बहुउद्देश्यीय आयोजनाका डिभिजन ईन्जिनियर अशोक गौतमले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्