२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


‘राष्ट्रिय सभा अध्यक्ष पद छोड्नु हुँदैन’


780
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले राष्ट्रिय सभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन् ।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा बारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका छ । तर, माओवादी स्थायी कमिटीका नेताहरुले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकमा पार्टी नेताहरुको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ । प्रवक्ता सापकोटाका अनुसार बैठकमा कांग्रेस महासमिति बैठक प्रस्तुत गठबन्धनसम्बन्धि धारणाका बारेमा पनि नेताहरुले प्रतिक्रिया दिनु भएको थियो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधवार पनि बोलाइएको छ ।