१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समाज कल्याण परिषद्को माध्यमबाट आउने वैदेशिक सहायताको स्पष्ट मापदण्ड बनाउन जरुरी : सांसद बाँस्कोटा


117
Shares

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले समाज कल्याण परिषद्को माध्यमबाट आउने वैदेशिक सहायताको स्पष्ट मापदण्ड बनाउन जरुरी रहेको बताउनुभएको छ ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताउनुभएको हो ।

सांसद बाँस्कोटाले देशको लागि आवश्यक नभएका सहायताहरु स्वीकार गर्न नहुनेतर्फ पनि परिषद्को ध्यानाकर्षण गराउनुभयो । उहाँले धर्मको प्रचारबाजी गर्ने लगायतका सहायता पनि समाजकल्याण परिषद्बाट स्वीकृत भइरहेको भन्दै त्यसको आवश्यक नियमन र निगरानी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कानूनमा पर्याप्त व्यवस्था नभएको भए कानून संशोधन गरेर भएपनि समाज कल्याण परिषद्बाट कस्ता किसिमका सहायताहरु स्वीकृत हुने भन्ने बारेमा स्पष्ट खाका बनाउन आवश्यक रहेको बताउनुभयो ।

सांसद बाँस्कोटाले आजको आवश्यकतालाई महशुस गर्नेगरी समाज कल्याण परिषद्सँग सम्बन्धित कानून परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो ।