९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थाल्यो : प्रधानमन्त्री दाहाल


793
Shares

काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थालेको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली सेनाहरु रुसी सेनामा भर्ती भएको विषयमा सरकारले रुस सरकारसँग कुराकानी गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले पहिले नेपालीहरु रुसी सेनामा भर्ती भएको विषय सरकारलाई थाहा नभएको उल्लेख गर्दै थाहा पाएसँगै रुस सरकारसँग यस बारेमा कुराकानी भइरहेको जानकारी दिनुभयो । उहाँले अहिले रुस सरकारसँग नेपालीहरु भर्ती भएको विषयमा सूचना दिने, राहत तथा क्षतिपूर्ति दिने र तथ्यांक विवरण दिने समझदारी भएको बताउनु भयो । उहाँले सो समझदारी भएसँगै यो विषय सरकारको कमाण्डमा आएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारको भारत र ब्रिटिश सेनामा मात्रै नेपाली भर्ती हुन पाउने ऐतिहासिक सन्धि, सम्झौता रहेको भन्दै त्यस विपरित भर्ती गर्ने कुनै नीति नभएको स्पष्ट पार्नुभयो । उहाँले सो विषयमा सरकारले जनतालाई पनि सजग गराइरहेको बताउनुभयो ।