
कपिलवस्तु । कपिलवस्तुमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको पूर्व पश्चिम राजमार्गअन्तरगत बुद्धभुमि नगरपालिका– ४ मा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कपिवस्तु नगरपालिकाका ५५ वर्षीय सितल कहार रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
चन्द्रोटाबाट गोरुसिंगे तर्फ जाँदै गरेको पिकअप भ्यानले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा कहारको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्