
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले राष्ट्रिय सभाको सबैभन्दा राम्रो पक्ष समयमा नै सभा सञ्चालन हुनु रहेको बताउनुभएको छ ।
बिहीबारको सभाको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो बताउनुभएको हो ।
सांसद देवकोटाले शुन्य समयको प्रभावकारिता बढी रहेको भन्दै समय बढाउनुपर्ने बताउनुभयो । शुन्य समयमा एक मिनेटको समय निर्धारण गरिन्छ । उहाँले बैठकमा रहँदा सांसदहरुले प्रधानमन्त्री मन्त्रीहरुसँग सवाल जवाफ गर्न नपाए पनि आगामी दिनमा यसले स्थान पाउने अपेक्षा रहेको बताउनुभयो ।
सांसद देवकोटाले विशेष समयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्