
काठमाडौं । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रमहरु नभएको बताउनुभएको छ ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद दाहालले यस्तो बताउनुभएको हो ।
सांसद दाहालले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपि पेस्ट जस्तो मात्र लाग्ने बताउनुभयो । उहाँले सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको बताउनुभयो । उहाँले देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना नरहेको, अर्थतन्त्रका आजका समस्या र समग्र देशका समस्या समाधान गर्ने ल्याकत बोक्न नसकेको बताउनुभयो । उहाँले आजका अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्नसक्ने सिद्धान्त र प्राथमिकता नरहेको बताउनुभयो ।
सांसद दाहालले सिद्धान्त र प्राथमिकतामा लघुवित्त र सहकारी पीडितहरुको समस्या तथा मिटरब्याजी पीडितका समस्याहरु समाधानका लागि कुनै पहल गर्न नभएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्