
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको नीतिले भन्दा नेताको संरक्षणले व्यवसायीहरुलाई समस्यामा पारिरहेको दाबी गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।
सभापति लामिछानेले मुलुकमा निजी क्षेत्रका व्यवसायीहरुलाई राज्यको नीतिले भन्दा पनि नेताहरुको संरक्षण बढी रहेको बताउनुभयो । उहाँले व्यवसायीहरुले नेताको संरक्षण लिएसम्म समस्या जस्ताको जस्तै रहने उल्लेख गर्नुभयो ।
सभापति लामिछानेले व्यवसायीहरुका समस्या समाधान गर्नको लागि नेताको संरक्षण भन्दा पनि राज्यको नीतिले गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले हरेक उद्योगी व्यवसायीहरु कुनै न कुनै नेताको संरक्षणमा बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले नेताहरुको संरक्षणको कारण व्यवसायीहरुले खुलेर समस्याको विषयमा कुरा राख्न नसकेको पनि बताउनुभयो ।
सभापति लामिछानेले व्यवसायीहरुले हरेक चाडपर्वमा आफ्नो संरक्षणको लागि नेतादेखि सरकारी निकायहरुमा रक्सी उपहार दिने प्रचलन बन्द गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुले व्यवसायीहरुले मोही माग्ने ढुङग्रो लुकाउने काम गरिरहेको बताउनुभयो ।
सभापति लामिछानेले नेपालमा राज्यलाई सबै भन्दा धेरै कर बुझाउने उद्योगी व्यवसायीहरुको सम्मान गर्न नसकेको बताउनुभयो । उहाँले विश्वको कुनै पनि राष्ट्रमा धेरै कर तिर्नेहरुको सम्मान धेरै हुने गरेको बताउनुभयो । उहाँले नेपालमा राम्रो काम गरेर वा नराम्रो काम गरेर धेरै सम्पती कमाउदा नेताको संरक्षण आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्