१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निजी हवाई कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक छ : महानिर्देशक अधिकारी


351
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सरकारले निजी कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार वायुसेवा सञ्चालक संघ नेपालको २३ औं वार्षिकोत्सव समारोहमा बोल्दै महानिर्देशक अधिकारीले पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरु अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण भएपनि जहाजको कमी रहेको उल्लेख गर्नुभयो । उहाँले जहाज कम हुँदा बनाएका विमानस्थलहरु पनि घाँसे मैदानको रुपमा परिणत भएको दाबी गर्नुभयो ।

महानिर्देशक अधिकारीले हवाई उडानका लागि पूर्वाधार बनाउने भन्दा पनि पर्याप्त जहाज आवश्यक रहेको बताउनु भयो । उहाँले बजेटमार्फत जहाज खरिदमा सरकारले लगाएको भ्याटको कारण तत्काल जहाज थप गर्ने वातावरण समेत नभएको भन्दै जहाज खरिदमा सहुलियत आवश्यक रहेको औंल्याउनु भयो ।

महानिर्देशन अधिकारीले सरकारले निजी क्षेत्रलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक देखिएको बताउनु भयो । उहाँले प्राधिकरणले पछिल्लो समय मुलुकभित्रका आन्तरिक उडानलाई थप सुरक्षित बनाउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले हवाई कम्पनीहरुले विमानस्थलमा आवश्यक सेवा सुविधा माग गरे प्राधिकरणले तत्काल गर्न सक्षम रहेको बताउनु भयो । उहाँले हवाई कम्पनीहरुले दुईवटा भन्दा बढी माग केही नगरेको भन्दै क्रियटिभ भएर सेवा सुविधा हवाई कम्पनीले माग गर्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘प्राधिकरणले हवाई कम्पनीहरुलाई विमानस्थहरुमा के सुविधा चाहियो आएर भन्नुप¥यो । प्राधिरकण गर्न सक्षम छ । तराईका विमास्थलमाहरुमा इलेक्टोनिक इलेक्टिसिटीको चार्जिङ बनाउन माग गर्नुभएको काम प्राधिकरण गरिदिएका छौं । म त के भन्छु भने कम्पनीहरुलाई के चाहिन्छ । प्राधिकरणलाई थाहा हुनुप¥यो । प्राधिकरण के चाहिन्छ भन्दा अहिलेसम्म दुई वटा कुरा मात्रै माग भएको छ । प्राधिकरण हवाई कम्पनीहरुसँग सेवा शुल्क मात्रै पनि लिएका छैनौं । प्राधिकरणले गर्नुपर्ने के हो हामी गरिदिन्छौं ।’

महानिर्देशक अधिकारीले प्राधिकरण हवाई कम्पनीहरुसँग सेवा शुल्क लिने मात्रै भन्दा पनि कम्पनीहरुले माग गरेका सेवा सुविधा दिन सक्षम रहेको बताउनु भयो । अहिले मुलुकभर रहेका ५५ विमानस्थलमध्ये ३४ वटा सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये पनि दुई दर्जन विमानस्थलमा नियमित उडान हुने गरेको छैन ।