
काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियालाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको खेलमा नामिबियालाई ३ रनले पराजित गराएको छ ।
१८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो ।
नामिबियाका लागि कप्तान जेजे स्मिथले २६ सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी फ्रेइलिंकले ३७, जिन पियरे कोट्जीले २५, जिन ग्रिनले अविजित २३ रुबेन ट्रम्पलम्यानले १४ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अविजित ५५ रनको योगदान गरे । यसैगरी आरिफ शेखले ३१, गुल्सन झाले २६, अनिल शाहले २३, दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए । नामिबियाका बेन शिकोङ्गोले ३ विकेट लिए ।
यस जितसंगै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । नेपालले २ अंक जोड्दा नामिबियाको पनि समान २ अंक छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छ । अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन् । फाइनल खेल मंगलबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्