
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्लामात्रै बढी गरेको बताउनुभएको छ ।
जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।
महासचिव पोखरेलले गठबन्धन सरकार पूर्ण रुपमा असक्षम र असफल सावित भएको दाबी गर्नुभयो । उहाँले एमाले सरकारमा रहँदा अघि बढाएको विकास निर्माणका कामहरुले अहिले गति लिन नसकेको बताउनुभयो । उहाँले वर्तमान सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताउनुभयो ।
महासचिव पोखरेलले शिक्षक, कर्मचारीको पारिश्रमीक आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था अहिलेको सरकारले सिर्जनाा गरेको बताउनुभयो । उहाँले पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा रहेको र पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्नेकुराको आधार भएको समेत बताउनुभयो ।
महासचिव पोखरेलले मन्त्री दोषी ठहर हुँदासमेत राजीनामा नदिएको भन्दै आपत्ति जनाउनुभयो । एमालेका लागि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने विषय चासोको विषय नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्