१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश बन्दैन : उपसभामुख राना


182
Shares

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख राना मगरले संसदप्रति कार्यपालिका र न्यायपालिका हाबी भएमा देश नबन्ने बताउनुभएको हो ।

उपसभामुख रानाले सत्तारुढ पार्टी र प्रतिपक्ष पार्टी मिलेर जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले कुनैपनि पार्टीगत स्वार्थमा काम गर्नु नहुने बताउनुभयो । संसदबाट राम्रो कानून र नीति निर्माण हुनुपर्ने बताउनुभयो । उपसभामुख रानाले शक्ति हुनेको ठाउँमा मात्रै विकास जाने कुरा नभई सबै ठाउँमा विकास जानुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणको काममा विकट क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उपसभामुख रानाले लघुवित्त पीडितहरुको माग समयमै पुरा हुनुपर्ने उल्लेख गर्दै उनीहरु पनि आन्दोलनका क्रममा नियम, कानून र अनुशासनमा बस्नुपर्ने बताउनुभयो । उहाँले निषेधित ठाउँमा आन्दोलनकारी जानु नहुने धारणा राख्नुभयो । उनीहरुको माग सम्बोधन गर्न सरकार संवेदनशील हुनुपर्ने उपसभामुख रानाको भनाई छ ।