२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सम्पदाहरुलाई ठिक ढंगले विकास गर्नसके देश कायापलट हुन्छ : झलनाथ खनाल


403
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालका सम्पदाहरुलाई ठिक ढंगले विकास गर्नसके देश कायापलट हुने बताउनुभएको छ ।

शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो ।

सम्मानित नेता खनालले नेपालका सुन्दर सम्पदाहरुलाई आर्थिक उपार्जनको मार्गमा ल्याउनसके नेपालको अर्थतन्त्रमा काया कल्प हुने बताउनुभयो । उहाँले नेपालका हिम श्रृंखला, तराईका फाँट, पहाडका चुचुराहरु नेपालका धेरै मनमोहक रहेको बताउनुभयो ।

सम्मानित नेता खनालले चितवन देशको सभ्यता र सम्भावनाहरु बोकेको महत्वपूर्ण उपत्यका भएको पनि बताउनुभयो । उहाँले कमी भएका ठाउँमा सुधार गरेर कोर्ष करेक्शन गर्न जरुरी रहेको बताउनुभयो । वर्तमा संविधानको भाग ४ अध्ययन गरी देशको बजेट र नीति तथा कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो ।

सम्मानित नेता खनालले देशको अर्थतन्त्रको जग कृषिक्षेत्र गतिहिन अवस्थामा रहेको बताउनुभयो । उहाँले देशको उद्योगलाई गति दिन धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । देश बेरोजगारीको समस्याले ग्रस्त बनेको बताउनुभयो ।