२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुलुक समृद्धिको सुत्र पर्यटन हो : अध्यक्ष ढकाल


247
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएको बताउनुभएको छ ।

शुक्रबार चिवनमा भएको भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले पनि त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा पर्यटनको सम्भावना अथाह भएपनि तिनीहरुको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले ठूला कार्यक्रममा र प्रचारप्रसार बिना नै नेपालमा आएका भन्ने वास्तविकतालाई बुझेर सरकारले नीति नियमहरु बनाउनु जरुरी रहेको बताउनुभयो । उहाँले पर्यटकहरुको लागि आवश्यक पर्यटक पूर्वाधार बनाउन सकिए मात्रै पर्यटन आगमनको अहिलको अवस्थामा गुणात्मक रुपमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । उहाँले सरकारले अर्बौं लगाएर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले सरकारले पर्यटन सुधारको लागि हिल स्टेशनको विकास गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र मन्दी आएको भन्दैसमाधान गर्नको लागि सरकारले सक्रिय रुपमा पहल गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएको वर्तमान अवस्था सर्वपक्षिय सहभागितामा समाधानको पहल पर्ने अपेक्षा निजी क्षेत्रको रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रका वर्तमान समस्या समाधानको लागि सर्वपक्षिय छलफलको प्रश्ताव राख्न समेत राख्नुभयो। अध्यक्ष ढकालले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताउनुभयो ।

अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा जाने नेपालीहरु बढेको भन्दै सरकारले तत्काल रोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा नै रोजगारीको सिर्जना गरी नेपालमा व्यवसायीक वातावरण बनाएर वैदेशीक रोजगारीमा जान रोक्नसके छोटो समयमा व्यवसायी गतिविधि बढ्नसक्ने दाबी गर्नुभयो ।