२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


काँग्रेसको आकस्मिक बैठक


4.004k
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाउनुभएको आकस्मिक पार्टी पदाधिकारी बैठक भइरहेको छ । बैठक बिहान १० बजेदेखि बूढानीलकण्ठमा भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता विघटनका बारेमा छलफल भइरहेको बताइएको छ । यसअघि आज बिहान सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्नु भएको थियो ।

बालुवाटारबाट निस्कएपछि सभापति देउवाले पदाधिकारीसँगको बैठक बोलाउनु भएको हो ।