२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कानून निर्माण र संविधान कार्यान्वयनमा भूमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरुको प्रतिवद्धता


598
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले कानून निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरुको भुमिका हुने बताएका छन् ।

सोमबार राष्ट्रिय सभा सदस्यको रुपमा शपथग्रहण गरेसँगै नवनिर्वाचित सदस्यहरुले संविधानको पूर्ण रुपमा कार्यान्वयन गराउन आफूहरुको भुमिका हुने बताएका हुन् । उनीहरुले संघीयताको कार्यान्वयन, शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन र स्थानीय तह तथा प्रदेश सरकारको समस्या समाधानका लागि पनि आफूहरुको भुमिका हुने बताएका छन् ।

राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले कानूनहरु नबनेका कारण संघीयता र संविधान कार्यान्वयनको सन्दर्भमा गुनासो आएको भन्दै आफ्नो ध्यान यसैमा बढि केन्द्रीत हुने बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले राष्ट्र र जनताको पक्षमा विधि, विधान बनाउन भुमिका खेल्ने बताउनुभयो । उहाँले राष्ट्रिय सभा सदस्यको रुपमा दुईवटै सदन र सरकारसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य मनरुपा शर्माले राष्ट्रिय सभाको मर्यादालाई उपलब्धिमुलक र गरिमामय बनाउन आफ्नो भुमिका हुने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु टुंग्याउनका लागि आफूले भुमिका खेल्ने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रदेश र स्थानीय तहको समस्या समाधानका लागि आफ्नो भुमिका हुने बताउनुभयो । उहाँले तिनै तहको सरकारलाई व्यवस्थापनका लागि नीति, निर्माणको तहबाट भुमिका खेल्नुपर्नेमा आफ्नो जोड हुने बताउनुभयो ।

संविधानलाई व्यवस्थित बनाउनुपर्ने पनि अवस्था रहेको भन्दै आफ्नो ध्यान त्यता नि रहने उहाँको भनाई छ ।