
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू रहेसम्म देशमा उथलपुथल आईरहने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा शहीद सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भई नै रहने भन्दै आफूलाई पटक पटक घेराबन्दी गर्न खोज्दा पनि घेरा तोडेर यहाँसम्म आएको बताउनुभयो ।
त्यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा पुगेको बताउनुभएको थियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी पार्टीका सचिव देवेन्द्र पौडेलले देशमा फेरि अर्को पटक वामपन्थीहरूको एकताको प्रसङ्ग उब्जिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्