
एजेन्सी । क्यारेबियन मुलकु हेइटीको कारागारमा भएको हिंसात्मक झडपपछि संंकटकाल घोषणा र रातको समयमा कर्फ्यु आदेश जारी गरिएको छ ।
हेइटीको राजधानी पोर्ट ओ प्रिन्सको कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाका कारण ४ दिनका लागि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म संकटकाल र कर्फ्यु आदेश जारी गरिएको हो ।
सो कारागारमा भएको हिंसामा १२ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएका छन् । करीब ४ हजारको संख्यामा कैदी बन्दी रहेको सो कारागारका अधिकांशलाई भगाइएको छ ।
हेइटीमा पछिल्लो समय हिंसा नियन्त्रणभन्दा बाहिर गएको छ । राजधानी पोर्ट–ओ–प्रिन्ससहित ओएस्ट क्षेत्रमा लागु हुनेछ र आवश्यकता अनुसार परिमार्जन हुने हेइटी सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्